२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपप्रमुख उम्मेदवार शिल्पा निराला कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्बाेच्च अदालतमा रिट दर्ता भएको छ । किर्ते कागजात बुझाएर उम्मदवारी सदर गरेको दाबीसहित सर्बाेच्चमा रिट दर्ता भएको हो ।

कोसी अस्पताल विकास समितिको सदस्यबाट राजीनामा नदिई उपमेयरको उम्मेदवार बनेपछि कार्की विरुद्ध मुख्य निर्वाचत अधिकृतको कार्यालयमा उजुरी परेको थियो । कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा दिएको कागजात बुझाएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गरेको थियो । तर मन्त्रालयमा राजीनामा दर्ता गर्दा किर्ते गरेको भन्दै उनी विरुद्ध सर्बाेच्चमा रिट परेको हो । रिटमा निर्वाचन आयोगलाई पनि प्रतिवादी बनाइएको छ ।

कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैशाख ११ गते दर्ता नम्बर ७२९९ मा आफ्नो राजीनामा पत्र दर्ता भएको कागजात पेश गरेकी थिइन् । तर ब्याकडेटमा उनको राजीनामा दर्ता गरेको उजुरी कर्ताको दाबी छ । स्वास्थ्य मन्त्रालयले पनि बैशाख ११ गते दर्ता नम्र ७२९९ सूर्य नेपाल प्रालीको नाममा रहेको जनाएको छ ।

रिटमा निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लंघन गरेको उल्लेख छ । मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग काठमाडौं र एमाले उम्मेदवार कार्कीविरुद्ध विराटनगर महानगरमा जसपाका उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले सर्वोच्चमा परमादेश माग्दै रिट दर्ता गराएका हुन् । रिटमा अदालतले बिहीबारको लागि पेशी तोकेको छ ।

कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिएकी कार्कीले त्यसविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेपछि २०७९ वैशाख ९ गतेको मिति राखेर राजीनामा अस्पतालमा बुझाएकी थिइन् ।

तर, अस्पतालले विकास समितिको सदस्यको राजिनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने बताएपछि उनले ११ बैशखमा मन्त्रालयमा राजिनामा दर्ता गरेको प्रतिलिपि निर्वाचन कार्यालयमा पेश गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]