
धनगढी – कैलालीमा तीनदलीय गठबन्धनले ‘बागी’ उमेदवारलाई कारबाही गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि तीनदलीय गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले संयुक्त रूपमा यस्तो निर्णय गरेका हुन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नेता–कार्यकर्ताले पार्टीका आधिकारिक उमेदवारविरुद्ध बागी उमेदवारी दिनेहरूलाई कारबाही गर्ने निर्णय गरिएको ।
यस्तै, गठबन्धनले तालमेलको मर्मानुसार निर्वाचनमा सहभागी हुन पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन समेत दिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीले बताए ।