२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १९, २०७९

काठमाडौँ- गोरखा पालुङटारमा नगरपालिकामा काँग्रेसका तर्फबाट उम्मेदवार भएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन् ।नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाबाट उनीहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

केन्द्रले गोरखामा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने गरी परिपत्र गरेर उम्मेदवारी फिर्ता गराएपछि सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका हुन् ।सभापति शेरबहादुर देउवालाई जसपा संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दबाब दिएका कारण देउवाको दबाबमा उम्मेदवार फिर्ता गराइएको उनीहरूको भनाई छ ।

मेयरको उम्मेदवार रहेका दीपकबाबु कँडेलले केन्द्रको निर्देशन मान्दै उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि उक्त नगरमा काँग्रेसका उम्मेदवार रहेका सबैले उम्मेदवारी फिर्ता गरेका हुन् ।

“निर्वाचन अधिकृतको कार्यालय पालुङटारले २०७९ वैशाख १६ गते दिनको ठिक ६ बजे प्रकाशन गरेको उमेदवारहरुको अन्तिम नामावलीमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका ५२ जनाकै नाम संलग्न रहेको जानकारीसमेत गराउन चाहन्छौँ,” सामूहिक राजीनामामा भनिएको छ,“विभिन्न सञ्चारमाध्यकमा आएका समाचारअनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइको दबाबकै कारण नेपाली काँग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक छ । यसको घोर भ्रत्सर्ना गर्दछ । यदि नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गरी अन्य कुनै पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपरेमा नेपाली काँग्रेस पालुङटार नगरपालिकाको सबै ५२ जना उमेदवारहरुकै सामूहिक रूपमा राजीनामा दिने निर्णय गर्दछौँ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]