२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १९, २०७९

पाल्पा — स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पाको रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा आइतबार नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई कार्यकर्ता घाइते भएका छन् ।

नारा लगाएको विषयमा भएको झडपमा रामपुर नगरपालिका–१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार घाइते भएका हुन् । प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा झडप भएको बताए । कांग्रेस रामपुरले विज्ञप्ति निकालेर गठबन्धनका चुनाव प्रचारका क्रममा युवालाई एमाले कार्यकर्ताहरुले विथोल्ने प्रयास गरेको आरोप लगाएको छ । त्यसै क्रममा झडप भएको रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

एमाले रामपुर नगरपालिका–१०, गेझाका अध्यक्ष टंकप्रसाद खनालले कांग्रेसले घरदैलो कार्यक्रमको सही जानकारी नदिएको र सामान्य नारा लगाउने क्रममा झडप भएको बताए । एमाले युवाहरुले ‘कांग्रेसको पत्ता साफ’ भन्ने नारा लगाएपछि झडप सिर्जना भएको जनाइएको छ ।

आइतबार नै एमालेले उम्मेदवारसहितको घरदैलो कार्यक्रम तथा आमसभा गरेको थियो । गठबन्धनले पनि घरदैलो कार्यक्रम टोलहरुमा गरिरहेको छ । गठबन्धन र एमालेको प्रचारप्रसार टोलीबीच भेट हुन नदिन समन्वय गर्दागर्दै घटना भएको अध्यक्ष खनालले बताए ।

कांग्रेसले भने एमाले कार्यकर्ताहरु गठबन्धन भएको स्थानमा पुगेर कुटपिट गरेको आरोप लगाएको छ । झडपको क्रममा प्रचारप्रसारमा प्रयोग गरिएको स्कर्पियो, बस र मोटरसाइकलमा क्षति पुगेको छ । घटनाप्रति कांग्रेस रामपुरले ध्यानाकर्षण भएको र घटनाप्रति खेद प्रकट गरेको छ ।

शान्तिपूर्ण प्रचारप्रसार गर्न पाउने स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न प्रशासनलाई आग्रह गरेको कांग्रेसका रामपुर नगर सभापति भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]