२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

नेपालगन्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका एक वडाध्यक्ष र दुई वडा सदस्यसहित ३ जनाको उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार नेपालगन्ज उपमहानगर १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठक र उपमहानगरपालिका ३ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी वंशाकार र वडा नं. ७ का सञ्जु वंशाकारको उम्मेदवारी रद्द भएको हो ।
नेकपा (एमाले) को तर्फबाट मनोनयन दर्ता गरेका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत तिवारीले बताए ।पाठक मनोनयन हुनुअगावै नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

यसैगरी उपमहानगरपालिका वडा नं. ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी रित नपुगेका कागजपत्र स्पष्ट नभएका कारण उम्मेदवारी रद्द भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]