२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका तेन्जिङ छेसाङ तामाङ बिहिबार एमालेमा प्रवेश गरेका हुन्।

माओवादीको गाउँपालिका इन्चार्ज समेतरहेका उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका थिए। यस्तै नेकपा माओवादी केन्द्र रसुवाका जिल्ला कमिटी कान्छा तामाङ र नेकपा माओवादी केन्द्र रसुवाकै गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार छोङी तामाङ पनि एमालेमा प्रवेश गरेको गोसाइकुण्ड गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमालेबाट अध्यक्षका उम्मेदवार कैसाङ नुर्बु तामाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]