२० माघ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

जिल्लाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।

उनले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्र गुटगत नेताको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएको आरोप लगाएका छन् ।

उनी २०७६ सालको उपचुनावमा नेकपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पार्टी विघटनपछि भने नेकपा एमाले रोजेका थिए ।

एमालेमै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको उनले बताएका छन्।

उनले आउँदो वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आएका थिए। पार्टीले टिकट नदिएपछि रुष्ट भएका उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।

पोख्रेल नेकपा एमाले सङ्खुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]