२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १५, २०७९

नेकपा एकीकृत समाजवादीलाई राजनीतिक दलको हैसियत दिनसमेत तयार नभएको नेकपा एमालेले हुम्लामा भने सोही पार्टीसँग चुनावी तालमेल गरेको छ । आफैँबाट फुटेर गएको समाजवादीलाई चंखेली गाउँपालिकाको उपाध्यक्ष दिएर एमालेले अध्यक्षमा उम्मेदवारी हालेको हो ।

सत्ता गठबन्धनमा रहेको समाजवादी काँग्रेस र माओवादीसँग तालमेल गर्न चाहन्थ्यो । तर, तीन पार्टीबीच भागबण्डामा कुरो नमिल्दा समाजवादी एमालेसँग हात मिलाउन गएको हो । काठमाडौँमा अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनविरुद्ध एक्लै चुनाव लड्ने हुङ्कार दिइरहेका बेला चंखेलीका एमालेले एक सिट सुरक्षित गर्न समाजवादीलाई स्वागत गरेका हुन् ।

सहमतिअनुसार गाउँपालिकाको अध्यक्षमा एमालेकी बिमलाकुमार शाही र उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीबाट प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् ।चंखेलीमा माओवादी र कांग्रेसले पनि तालमेल गरेका छन् । माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]