२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित नरेफाँटबाट चार राउण्ड गोली र नक्कली सुन बरामद भएको घटनामा संलग्न भएको आरोप लागेकी युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा प्रमिला तामाङ पक्राउ परेकी हुन्।अहिलेसम्म तामाङलाई प्रहरीले सार्वजनिक गरेको छैन।

गत बुधबार दिउँसो सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको डेरा कोठा खाली गर्न काठमाडौं महानगरपालिकाका प्रतिनिधिसमेतको प्रहरी टोली खटिइ कोठा खोलेर हेर्दा ४ राउण्ड गोली र एक किलो नक्कली सुन बरामद भएको थियो।

तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ९ एमएम लेखिएको गोली ४ राउण्ड, १ किलो नक्कली सुन, नेपाली सेनाको बर्दी, राहदानी, मोबाइल, विभिन्न व्यक्तिका नामको चेक, नागरिकता, जन्मकुण्डलीलगायत सामग्री बरामद गरिएको थियो।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकी युवतीले उक्त गोली नेपाली सेनामा कार्यरत रहेका आफ्ना प्रेमीको भएको बताएकी छिन्।

महिलाको डेरा खाली गर्दा फेला परे गोली र नक्कली सुनसहितका सामग्री
सस्तोमा एक किलो सुन भनेर किनेको उक्त सुन नक्कली भएको पाइएकाले उल्टै आफू ठगिएको ती युवतीको दाबी छ। प्रहरीले भने नक्कली सुनलाई सक्कली भनेर ठग्ने र मान्छेलाई त्रसित बनाउने उद्देश्यले गोलीसमेत राखेको हुनसक्ने आशंका गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]