२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

काठमाडौं, – सत्तारुढ दलको पाँच दलिय गठबन्धनको बैठक सारिएको छ । आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सारिएको हो ।

पाँच दलले छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेलमा आज औपचारिक सहमति गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकले चुनावी तालमेलको खाका र कार्यविधि सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू चुनावी तालमेल र साझा उम्मेदवार तय गर्ने विषयमा सोमबार दिनभरि नै छलफलमा जुटेका थिए ।

सोमबारको बैठकमा महानगरसहित ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र भरतपुर महानगरपालिकामा चुनावी तालमेलको विषयमा गम्भीर छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]