२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०१, २०७९

मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलका ३१ वर्षीय बासुदेव कार्कीले बिहीबार दिउँसो आफ्नै बाबुको हत्या गरेका छन् । बासुदेवले आँगनमा पछारेर बुबा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार कार्की परिवारमा केही समयअघिदेखि जग्गा अंशबन्डासम्बन्धी विवाद रहेको पाइएको छ । त्यही विवादलाई लिएर बासुदेव र उनका भाइ तीर्थराजबीच भएको झगडा छुट्याउन गएका जयबहादुरलाई जेठो छोरा बासुदेवले आँगनको ढुङ्गामा पछारेको प्रहरीले जनाएको छ ।

डिएसपी श्रेष्ठका अनुसार दिउँसो १२ः३० बजेतिर छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका वृद्ध जयबहादुरलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा ल्याएको थियो । उनको उपचारकै क्रममा दिउँसो ३ः३० बजेतिर मृत्यु भएको श्रेष्ठले बताए ।

प्रहरीले बाबुको हत्यामा संलग्न बासुदेवलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । डिएसपी श्रेष्ठले अनुसन्धानका लागि भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए ।

बाबुको हत्या गरेका बासुदेवले सुरुमा आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोराको कुटपिटबाट उमादेवीको अनुहार र टाउकोमा चोट लागेको छ ।

स्थानीयका अनुसार परिवारबाट अलग भएका बासुदेव लगभग डेढ महिनाअघिदेखि सुनसरीको इटहरीमा बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि दुबई गएका तीर्थराज भने केही दिनअघि मात्रै घर फर्किएका हुन् । कार्की परिवारमा केही समयदेखि जग्गा अंशबन्डासम्बन्धी विवाद रहेकोे स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]