प्रहरीले विराटनगरका विभिन्न स्थानबाट ठुलो मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली गरेर नेपाल ल्याइएका खाद्यान्न, लत्ताकपडा र घरयासी सामान प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले नौ लाख ८३ हजार एक सय ५० रूपैयाँ बराबरको तस्करीको सामान बरामद गरिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय रानीको टोलीले नियन्त्रणमा लिएका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।