
सप्तरी – सशस्त्र प्रहरीले महोत्तरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
धादिङ थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ ९३ किलो ग्राम गाँजासहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडामगरले तामाङलाई मनरासिस्वा नगरपालिकाको सुनौल गाउँबाट पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले गाँजा लोड गरिएको ना ३ ख ७९३५ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको छ । ट्रकसहित पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि सशस्त्रले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा