२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

विराटनगर – २०७९ सालको नवबर्ष बैशाख १ गतेका दिन विराटनगरमा भब्य मैथिली सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

मैथिली भाषा,कला–संस्कृति र पहिरन प्रर्बधनगर्ने उद्धेश्यसहित कार्यक्रम आयोजनागर्न लागिएको हो । मिथिलेश्वरी मिडिया प्रालि र विराटनगर १ यूवा समुहको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । विराटनगरको पोखरिया,बिजयपुर टोलको बगैचा पुर्व साँझ ५ बजे कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

कार्यक्रममा मैथिली भाषाका चर्चित गायक,कलाकार मौलिक संस्कृतिका नृत्य,गीतसंगित तथा प्रहसन प्रस्तुत गरिने आयोजक युवा समुहका अगुवा सुरेश कामतले बताउनुभयो । कार्यक्रमकाबीच मैथिली संस्कृति अनुसारको लोकनृत्य झिझिया,सामाचकेवा र जटजटिन सहितको प्रस्तुति राखिएको छ । यस्तै सुप्रसिद्ध गायक कलाकारहरु रामा मण्डल,बिरेन्द्र झा, प्रबलदीप र अनुराधा राजवंशी लगायतका कलाकारहरुले मैथिली गीतसंगित प्रस्तुत गर्ने जनाइएको छ ।

कार्यक्रमकैबीच विराटनगर महानगरपालिका सहित मोरङका विभिन्न स्थानिय तहबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिने आयोजक समिति सदस्य जय कामतले बताउनुभयो ।

भाषा संस्कृतिप्रति नयापुस्तालाई जागरुक बनाउन तथा स्वस्थ्य मनोरंजनको उद्धेश्यसहित नवबर्षको सन्दर्भ पारेर सांस्कृतिक कार्यक्रम गर्न लागिएको मिथिलेश्वरी मिडिया प्रालिका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]