
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. १ बरहि बिरपुरका एक युवकलाई अपरिचित समुहले निर्मम तरिकाबाट मर्नासन हुने गरि कुटपिट गरेका छन ।
स्थानीय बिरेन्द्र मण्डलका १७ बर्षिय गोरब कुमार मण्डललाइ २÷३ जना अपरिचित युवाहरुले मर्नासन हुने गरि कुटपिट गरेका हुन । हिजो बेलुकि करिब साढे ८ बजे तिर बरहि नहर चोक नजिक नहरको ढिलमा बाधेर मर्नासन हुने गरि बाधेर कुटपिट गरेको पिडितले बताएका छन ।
नहर चोकमा रहेको एसपि सप्लायर्समा नास्ता बेचिरहेको अवस्थामा अचानक दिसा पिसाव फेर्न गएको बेला २÷३ जना अपरिचित युवाहरुले ति युवकलाई निर्मम तरिकाबाट मर्नासन हुने गरि हात मुख बाधेर कुटपिट गरेको पिडितका बुवा बिरेन्द्र मण्डलले बताएका छन ।
यता आफ्नो छोरा गोरबलाइ कसले र किन निर्मम तरिकाबाट कुटपिट गरेको खुल्न नसकेपनि ब्यक्तिगत रिसिभिले कुटपिट गरेको हुन सकिने अनुमान पिडितका परिवारजनले गरेका छन । यसेबिच सो घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्मरण रहोस यसअघि केहि महिना अगाडि सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरका ५० बर्षिया भुटनि देवि यादव र छिन्नमस्ता गाउपालिका २ के ८५ बर्षिय एक बृद्को हत्या गरिएको महिनो दिन बितिसक्दा पनि सप्तरी प्रहरीले अहिलेसम्म उक्त घटनाका दोषिलाइ पक्राउ गरि कार्वाहि गर्न सकेका छेन ।