२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २३, २०७८

काठमाडौं – सुनसरीमा महिलाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–१, सरङडाँडाकी सुमित्रा तामाङको हत्या गरेको आरोपमा इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने धनकुटाको पाख्रिबास नगरपालिका–६, फलाटेका २४ वर्षीय विनेश राना पक्राउ परेका हुन् । उनी इटहरी–५ मा डेरा गरी बस्दै आएकी थिइन् ।

यही फागुन १७ गते बिहान धरान उपमहानगरपालिका–१८, बुद्धचोकस्थित न्यु कान्तिपुर होटेल एन्ड लजको कोठामा तामाङको शव फेलापरेको थियो । घटना अनुसन्धानका क्रममा हत्यामा विनेशको संलग्नता देखिएपछि पाख्रिबास–११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो । विनेश गएको शनिबार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार श्रीमान् विदेशमा रहेको बेला विगत एक वर्षदेखि सुमित्रासँग उनको प्रेम सम्बन्ध रहेको खुल्न आएको छ । पटक–पटक भेटघाट हुने गरेको, आपसी सल्लाहअनुसार फागुन १५ गते बिहान उनीहरू उक्त होटेलमा बसेको पनि अनुसन्धानका क्रममा देखिएको छ ।

फागुन १६ गते बेलुका सुमित्राले अरू पुरुषसित मोबाइलमा कुरा गरेको विषयमा विवाद भएको थियो । त्यसपछि विनेशले कुटपिट गरेको र विवाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्याको गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लगत्तै उनी पाँच हजार रुपैयाँ र मोबाइल समेत लिई होटेलबाट फरार भएका थिए ।

विनेशविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]