२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण १४, २०७८

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग संवाद गर्न सत्तारुढ दल नेपाली कांग्रेसका दोस्रो तहका नेताहरु उनको निजीनिवास बालकोट जाँदैछन्।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट जान लागेका हुन्।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीको संवाद अघि दोस्रो तहका नेताहरुले छलफल गर्न लागेका हुन्। उनीहरुको छलफलबाट तय हुने सहमतिका आधारमा देउवा र ओलीको छलफल हुने बताइएको छ।

ओलीलाई भेट्न जानुअघि कांग्रेस नेताहरुले प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका थिए। बिहीबारदेखि कांग्रेस र एमाले नेताहरुबीच संवाद भइरहेको छ। शुक्रबार राति भएको संवादबाट निष्कर्ष ननिस्के पनि थप छलफलको वातावरण तयार भएको नेताहरुले बताएका थिए।

आइतबारको संसद्मा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता सैद्धान्तिक छलफलका लागि पेस हुने सम्भावित कार्यसूची छ। त्यसअघि संसद् अवरोध खुलाउन र एमसीसीका पक्षमा सहमति खोज्न प्रधानमन्त्री देउवा सक्रिय छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]