२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १२, २०७८

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सात÷आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको बताइएको छ ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । प्रहरीको जवाफी फायरपछि तस्करले गाजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदयेश गिरी रहेको थापाले जानकारी दिए । मृतकको शव प्रदेशिक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]