१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

सप्तरी – सरकारले गाउँ गाउँमा सिंहदरबार लयाएपछि स्थानीय जनता हर्सित भए । नेपाल सरकारले सघिंयता लागू गरेसँगै स्थानीयले गाउँ गाउँमा सिंहदरवार लयाए तर कुनैकुनै ठाउँमा सिंहदरबार नेताकाे कमाइखाने भाडाे बनेकाे छ , त्यसको जवलनत उदाहरण हाे , सप्तरीको राजगढ गाउँपालिका ।

सप्तरीको राजगढ गाउँपालिकामा बिगत एक वर्षदेखि गाउँपालिका अध्यक्ष प्रमान्द यादव आफनै घरमा कार्यालय सारेर डवल भाडा असुली रहेको छ । राजगढ गाउँपालिका यसअघि सरकारी जग्गा र सरकारी घर हुदाहुदै अध्यक्ष यादवले भाडा असुलन आफ्नो घरमा सारेको हाे भन्ने स्थानीयले समेत जिकिर गरेका छन । तत्कालीन बेलहि चपेना गाउँपलिका घाेस्ना गरेसँगै बेलहिचपेनाकाे वडा न ४ मा गाउँपालिकाकाे सुविधा सम्पन्न भवन रहेपनि गाउँपालिका अध्यक्ष यादवले निर्वाचित भएपछि तीन महिनामा गाउँपालिका सारेका थिए ।

बेलहि चपेना गाउँपालिकाकाे कार्यालय सारेर एक सरकारी विद्यालयमा लगिए । गाउँपालिका को कार्यालय सारे लगतै त्यसको एकमहिना पछि बेलहि चपेना नाम फेरिदै राजगढ गाउँपालिका राखिएको थियाे । ६ वडा रहेको साे गाउँपालिकामा कार्यालय र नाम फेरिएपछि अध्यक्ष यादवले व्यवस्थित भवन नपाएको जिकिर गर्दै आफ्नै घरमा कार्यालय सारेका थिए ।केही समय गाउँपालिकालाई घर दिएकोमा उनले हाल भाइ अशाेक यादव र आफ्नो नाममा मासिक १ लाख भाडा लिदै आइरहेको हो ।

राजगढ गाउँपालिका अध्यक्ष यादवले आफ्नो घरमा लयाएपछि उनलेे साे काे दुरुपयोग गरिरहेकाे स्थानीयले आराेप लगाएको छ । गाउँपालिका कार्यालय नजिक भेटिएका एक स्थानीयले नाम नछापिने सर्तमा भने सर हामीलाई अध्यक्ष यादवले तिमिहरुकाे बलमा म गाउँपालिकामा आएको हाेईन , म त पार्टीकाे बलमा आएको धम्कीपूर्ण अभिव्यक्ति दिनेगरेकाे बताए । राजगढ गाउँपालिकाकाे अध्यक्ष यादवले बिगत २ वर्षदेखि घरकाे भाडा र घरकाे मर्मत गरिरहेकाे छ । आफ्नो घरमा कार्यालय लयाएपछि गाउँपालिकाकाे बजेटवाट दुई आर्थिक वर्षमा ५० लाख खर्च गरेका छन । यतिमात्र कहाँ हाे र ? पुरै परिवार सरकारी गाडि र आफ्ना आसपासेलाइ गाउँपालिकाबाट तेल दिनेगरेकाे समेत खुल्न आएको छ ।

राजगढ गाउँपालिमा खर्चको मितव्यित नहुदा गाउँपालिका धारासाहि भइरहेको छ ।
यता गाउँपालिका अध्यक्ष यादवले भने बेलहि चपेनावाट गाउँपालिकाकाे कार्यालय सारेपछि व्यवस्थि घर नपाए पछि भाइ अशाेक यादवलाई भनेर राखेकाे हाे । भाईकाे घरमा कार्यालय सारेपनि अरु सरसमान र अफिसको गाडि र केही शाखा आफनाे घरमा राखेकाे जानकारी दिए । आफ्नो घरमा कार्यालय आएपछि घरमा रङ्गराेहन र मर्मतसमभार गरिनु कार्यालयकाे दाइत्व भएकाले दुई आर्थिक वर्षमा केही रकम लगाएकाे स्विकार गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]