०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना (कोभिड–१९) मुक्त भएका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जनाएका छन् ।

सन्दीपलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास प्रश्वासमा समस्या देखिएपछि सन्दीप गत आइतबार काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना भएका थिए । सन्दीपले १० दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेका हुन् । सन्दीपले सबैलाई धन्यावाद दिएका छन् ।राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप अब बिग ब्यास लिग खेल्न अस्ट्रेलिया जानेछन् । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यसपटक भने होबार्ट हुरिकेन्सबाट खेल्नेछन् ।

विराज र विमलसहित ५८ खेलाडी प्रारम्भिक टोलीमा सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा दिल्ली क्यापिटल्समा रहँदै संयुक्त अरब इमिरेट्स (यूएई)बाट कात्तिक २७ मा नेपाल फर्किएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]