सप्तरी – सप्तरी प्रहरीले स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नम्बर १२ बस्ने सप्तरीको २९ वर्षीय राजेश कुमार चौधरी र डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीय दिलिप कुमार मण्डल छन् ।
राजविराज नगरपालिका ५ मा प्रदेश नं.२–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताए ।
दुवैलाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।