
काठमाडौं – प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ अलपाइन स्कुलस्थित सडकखण्डबाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा धोबिनी गाउँपालिका–२ आशबारी बस्ने १९ वर्षीय पृथ्वीसिंह कुर्मी रहेका छन्। उनलाई प्रहरीले चामलको बोराभित्र लुकाइछिपाइ ल्याएको विभिन्न लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका कुर्मीको साथबाट नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ।
उनलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।