
सप्तरी – नेकपाएमाले सिरहा जिल्लाको १० औं महाधीवेशन सिरहाको लहानमा आजबाट सुरुभएको छ । आज भएको महाधिबेसको उद्घाटन समारोहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलको सम्बोधन गर्नु भयो । र आजबाट सुरुभएको नेकपा एमाले सिरहा जिल्ला महाधिवेशन पुष भोली हुने बन्द शत्रबाट नयाँ नेतृत्व चयन गर्दै समपन्न हुने छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पोख्रेलले प्रदेश २ को बिकासका लागि अहिले सम्मका कुनै सरकारले गर्न नसकेको काम एमालेले गरेको दाबी गर्नु भयो ।
“सरकारहरुले हुलाकी सडककोलाई दुई, तिन अर्व वजेट छुट्याउथियो, जसले गर्दा एक ईन्च पनि रोडको काम सुरुवात भएको थिएन । तर नेकपा (एमाले) केपी ओली नेतृत्वको सरकारको पालामा र तत्कालीन प्रधानमन्त्रीको सोचले हुलाकी सडकको लागि तेह्र अर्व रुपैयाको वजेट छुट्टयायो जसले अहिले हुलाकी सडकको मुहार फेरीएको छ । ” पोख्रेलले भननु भयो । सिचाईको सवालमा तराई मधेशको लागि सुनकोशी मरिन डाईभर्षन काम अगाडी बढाइएको छ ।
तराईका जिल्लाहरुमा रहेका जिल्ला सदरमुकामहरुलाई शहरी विकास परियोजना अन्र्तगत विकास गर्न र पूर्व पश्चिम राजमार्ग सँग जोडन जिल्ला सदरमुकाम सडक संजालको विस्तार गरेको बताउनु भयो ।पूर्ब पश्चिम राजमार्ग ६ लेनको बनाउने जस्ता महत्वपूर्ण कार्यक्रम एमाले सरकारले ल्याएको बताउनु भयो ।
मध्य पहाडी मार्ग, पुष्पलाल मार्ग र मदनभण्डारी मार्ग पूर्व मेची देखि पश्चीम महकाली सम्म विस्तारकोलागि योजना अगाडी वढाई काम सुरवात गरेको जानकारी दिनु भयो । त्यसैगरी एशिया संग जोडने रेलकोलाीग एशियन रेलवे ट्रयाक मधेशका पूर्व पशचिम जिल्ला हुदै जानकोलागि सम्झौता गरेका आफुहरुकै सरकारका पालमा भएकोले अहिले अध्यन भईरहेको जानकारी दिनु भयो ।
तराई मधेशको बिकास नेकपा एमालेको सरकारले मात्र गर्न सक्ने बताउनु भयो । पोख्रेलले भन्नु भयो “ तराई डुवानवारे भारत सँग कुराकानी गरी, ठूल ठूला नदीहरुबाट बग्ने पानीको पहिलो अधिकार नेपाल सँग हुनु पर्छ ”भन्ने बिषयमा पनि सम्झौता भईसकेकाले भारतले यो विषयमा अध्यन गरीरहेका बारे जानकारी दिनु भयो । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकाहरुलाई नेकपा एमाले महासचिवले स्वागत मालालगाई गरेका छन् । पार्टि प्रवेश गर्नु हुनेहरुमा लहान नगरपालिका पूर्व उपमेयर प्रकास थापा रहेका छन ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश २ ईन्चार्ज तथा केन्द्रीय सचिव रघुविर महासेठ, सह ईन्चार्ज तथा केन्द्रय सदस्य लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल, प्रभु साह, ज्वाला साह लगायतका केन्द्रीय नेताहरुको उपस्थीति रहेको थियो ।
यताँ क. मदन भण्डारीको नवौ महाधीवेशन वाट सिरहाको सरेअम्वासमा भएको महाधिवेशन वाट नेकपा एमालेको महासचिव पदमा चयन गरेका थिए । अन्तमा यो १० औ महाधिवेशनले सिरहा जिल्लाका नेकपा एमालेका आम कार्यकरतालाई एक ढिका बनाई महाधिवेशनवाट नयाँ नेतृत्व चयनहुनेहरुलाई शुभकामना दिएका थिए ।