२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २५, २०७८

सप्तरी – तराईका अधिकांश जिल्लामा स्रोत नखुलेको लाखौं रुपैयाँका कारोबारीलाई प्रहरीले पक्रन थालेको छ । दुई दिनअघि धनुषामा मोटरसाइकलको ट्याङ्कीमा ३८ लाख रुपैयाँ फेला परेको थियो । सामान्य आम्दानी भएका युवकको मोटरसाइकलमा फेला परेको उक्त रकमले प्रहरीलाई समेत झस्काइदिएको छ ।

उता कपिलवस्तु नगरपालिका–९ हर्नामपुरमा पनि त्यस्तै स्रोत नखुलेको रकम फेला परेको छ । स्थानीय चेतन खटिक भन्ने ३९ वर्षीय रामबहादुर खटिकलाई स्रोत नखुलेको ३२ लाख ८९ हजार एक सय ५० नेपाली रुपैयाँ र एक लाख ८५ हजार ४० भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त नगद र विभिन्न कम्पनीका १६ थान मोबाइल फोन फेला पारेको हो ।

खटिकलाई पक्राउ गरेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । विशेषगरी लागुपदार्थको कारोबार र सामानको चोरी निकासी पैठारीमा यस्तो रकम प्रयोग हुने गरेको प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]