२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १७, २०७८

सप्तरी – जनमत पार्टीले आह्वान गरेको अनश्चितकालीन बन्दमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज आक्रोसित किसान हरु द्वारा तोडफोड ट्रकमा आगजानी ।

लाठीचार्ज गर्दापनि आन्दोलनकारी नभागेपछि १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने हरुमा सुरेन्द्र मण्डल ,थानेश्वर प्रसाद साह,पंकज कुमार सिन्हा ,राम कृष्ण मण्डल ,सुसिला यादव , प्रदिप कुमार मण्डल ,राम कुमार रजार,अनिल पंजियार ,पप्पु पंजियार ,पिन्कु मण्डल ,बिरेन्द्र कुमार मण्डल ,रुपेश यादव ,चन्देस्वर मण्डल र योगेन्द्र साह रहेका छन । उनीहरुले पक्राउ गरिएका प्रदर्शनकारीलाई तुरुन्त रिहा गर्न माग समेत गरेका थिए ।

विहानदेखि नै भारदहमा लगायत सप्तरीका विभिन्न स्थानमा जनमत पार्टीका कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गराएका थिए । उनीहरु सडकमा टायर बालेर प्रदर्शन जारी राखेका थिए । ठूलो संख्यामा रहेका प्रहरीले बल प्रयोग गरेर राजमार्ग सञ्चालनमा ल्याएको थिए ।

जनमत पार्टीले किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने लगायतका सात बुँदै माग राखेर अनिश्चितकालका लागि पूर्वपश्चिम राजमार्ग बन्दको घोषणा गरेको छन ।यता भन्ने बन्दको अवज्ञा गरेको भन्दै सप्तरीको महुली स्थित गिट्टी बोकेको गाडीमा आगजानी गरेका छन। भारदहमा पनि एक तिफ़र र कार लाई तोड फोड गरेका छन ।

बन्द घोषणमा २०७८ पुष १५गते बिहीबार देखि तराई मधेशका जिल्लाहरुमा पूर्व पश्चिम राजमार्ग दिवा-कालको लागी अनिश्चितकालीन बन्द गर्ने र २०७८ पुष १५ गते बिहीबार देखि नै तराई मधेशका जिल्लाहरुमा संघीय मन्त्रीहरु उपस्थित रहने कार्यक्रममा बिरोध प्रदर्शन गर्ने भन्नेर बिज्ञप्ति जारी गरेका छन । यता भन्ने १० वटा आन्दोलनकारी लाई गए राती रिहा गरिएको छ भन्ने थप ६ जना लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लागिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]