२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १६, २०७८

सप्तरी – काठमाडौं महानगरपालिका–३२ स्थित जडिबुटीबाट प्रहरीले युगान्तर मिडियाको बजार प्रतिनिधिको परिचय पत्र बोकेका एकजनालाई लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–४ घर भई अहिले तारकेश्वर नगरपालिका–११ स्थित लोलाङ बस्ने वर्ष ४६ का लेखबहादुर तामाङ छन् ।

उनको साथबाट ८ सय ९२ एम्पुल लागुऔषध बरामद गरिएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनको साथबाट नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुल बरामद गरेको हो ।

आरोपीले आफुलाई पत्रकार दावी गरेको तर, त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । जडिबुटीस्थित मनोहरा फलफुल तथा तरकारी बजार नजिकैबाट पक्राउ परेका तामाङलाई कोटेश्वर प्रहरीको हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]