२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ११, २०७८

रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’ को हत्यामा संलग्न दुई जनालाई अदालतले थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत रामेछापले हत्या आरोप लागेका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई थुनामा पठाउने आदेश गरेको हो ।

अदालतको आदेशअनुसार बाबु–छोरालाई जिल्ला कारागार चलान गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए । हत्यामा संलग्न भनिएका सुनापती गाउँपालिका–५ घर भएका पदमवीर तामाङ ‘ज्वाला’ धरौटीमा छुटेका छन् । ज्वालासँग अदालतले १ लाख धरौटी मागेको छ ।

मंसिर ११ मा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको थियो । ज्ञानबहादुर घटनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पक्राउ परेका हुन् । ज्वालालाई मंसिर १४ मा प्रहरीले सुनापती–५ स्थित मिजारथोकबाट पक्रेको थियो ।

२०६६ असोजमा काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पीपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म गुपचुप थियो । धरौटीमा छुटेका ‘ज्वाला’ र हत्या गरिएका ‘निखिल’ साथी हुन् । काभ्रेबाट ज्वालाले बोलाएपछि उनी राकाथुम पुगेका थिए ।

काभ्रेको तेमाल गाउँपालिका–९ मेच्छेपौवा घर भएका निखिल २०६६ असोज ९ मा त्यहाँ गएका थिए । गाउँमा पुगेपछि माथिबाट ढुंगामुढा गर्दै खुकुरी र तरबारले घाँटी तथा अनुहारमा हानेर विभत्स तरिकाले उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटस्थित सुनकोशीको पुलको ठेक्काको कमिशनको विषमा उनीहरुको बीचमा विवाद भएको थियो । सो विवादका कारण निखिलको हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पदमवीरले निखिललाई घटनास्थलमा बोलाएको र आक्रमणको शुरुवात गरेको डिएसपी ढुंगानाले बताए । हत्या हुँदा ‘निखिल’ २९ वर्षका थिए ।

हत्या आरोपीहरु १२ वर्षदेखि राजनीतिक आवरणमा पक्राउ हुनबाट जोगिएका थिए । तत्कालीन संविधानसभा सदस्य डिल्लीमान तामाङका स्वकीय सचिव भएर काम गरेका ज्ञानबहादुर पछिल्लो समय लुकिछिपी बस्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]