२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०७, २०७८

महिलामाथि दुर्व्यवहार गर्ने धामी र पूजारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार तीन जनालाई पक्राउ गरेको हो।

केही दिनअघि धामी–झाँक्रीसँग उपचार गराउने क्रममा एक महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवाली पक्राउ परेका छन्।

यी तीन जनामध्ये को धामी र को पूजारी थिए भन्ने खुलेको छैन। सार्वजनिक भएको भिडियोमा भने एकजनाले महिलालाई पैतला चटाएका छन्। अर्का एक जनाले महिलामाथि देवता चढेको बहानामा शारीरिक रूपमा आक्रमण गरेका छन्।

प्रहरी निरीक्षक शाहीका अनुसार प्रहरी प्रतिवेदनका आधारमा उनीहरू पक्राउ परेका हुन्। उनका अनुसार भिडियोमा देखिएकी पीडित भनिएकी महिलाले जाहेरी दिन मानेकी छैनन्।

स्थानीय स्रोतका अनुसार ती महिलाले कुल पूजाका लागि धामी–पूजारी बोलाएकी थिईन्। सोही क्रममा उनीमाथि त्यस्तो व्यवहार भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]