२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०६, २०७८

पोखरा — राति सुत्दा ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने होस्टल वार्डेनलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–१५ गलेश्वर चोकमा रहेको न्यू लाइफ स्कुलकी वार्डेन जानुका नेपाली पक्राउ परेकी हुन् ।

उनले विद्यालयको होस्टलमा बस्ने ६ वर्षीय बालकलाई राति ओछ्यानमा पिसाव फेर्न नदिन यौनांगमा रबरले बाँध्ने गरेको खुलेको छ ।यस्तो कुरा अर्का विद्यार्थीले सोमबार विद्यालयकै एक शिक्षिकालाई सुनाएपछि वार्डेनले बालकलाई यातना दिने गरेको सार्वजनिक भएको थियो । शिक्षिकाले बालकलाई हेर्दा पेट फुलेको र रोइरहेको अवस्थामा थिए ।

होस्टल वार्डेन नेपालीले आफूले गल्ती गरेको र अब त्यस्तो कर्तुत नदोहोर्‍याउने भन्दै लिखित समझदारी गरेकी थिइन् । उक्त घटना सार्वजनिक भएपछि भने प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।

नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–१४ बस्ने २७ वर्षीया नेपालीलाई बालबालिका विरुद्धको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक केसीले बताए । कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरकेको उनले जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]