
काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै आइतबार साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो । आइतबार राती साढे १० बजे स्थगित गरिएको मतगणना पुनः सुरु गरिएको हो ।
खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिष्पर्धा छ । यसअघि आइतबार पुरुषतर्फ खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।
१३ सय ६४ मत गणना हुँदा डिला संग्रौला, पुष्पा भुषाल र आरजु राणा अगाडि छन्।