
सिरहा – दुई समूहविच भएको छुरा हानाहानमा परि एकको मृत्यु गोलबजारको अवस्था तनाबग्रस्त रहेको छ ।
सिरहाको गोलबजार नपा ६ मा राति दुई समूहविच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना भाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका करिव २६ वर्षिय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याएपनि उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
घाइते सोही ठाउँका १९ वर्षिय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले दुई समूहविच झडप भएको र घाइते भएको जनाएपनि घटनाबारे अझै विस्त्रित विवरण आईनसकेको बताए । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ।
यता भन्ने आफन्तले सडक अबरुद्ध गरेका छन् ।