२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २८, २०७८

चितवन – अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै आह्वान गरिएको चितवन बन्दको असर चितवनका सहरी क्षेत्रमा परेको छ। एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै मंगलबा चितवन बन्दको आह्वान गरेको हो।

बन्दका कारण शिक्षण संस्था संचालनमा आउन सकेका छैनन्। पसलहरू आंशिक खुलेका छन्। बन्दकर्ता सडकमा नरहेका कारण सवारी साधन भने चलेका छन्।

बन्द गर्दै हिँडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले बिहानै पक्राउ गरेको छ। पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आह्वान गरिएको संघर्ष समितिले बताएको छ।

मंगलबारको संसदको बैठकमा एमसिसीको विषयमा पनि निर्णय हुनसक्ने भन्दै त्यसको विरोधमा बन्द घोषणा गरिएको समितिले जनाएको छ। एमसिसीको विरोधमा संघर्ष समितिले यसअघि चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुसलगायतका कार्यक्रम गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]