
सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० मा एक १३ बर्षीय बालिकाको शव फेला परेको छ । स्थानीय डोमी माझीको छोरी लक्ष्मी कुमारी माझी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
बालिकाले घरमा कोही नभएको वेला पासो लागेर आत्म हत्या गरेको स्थानीयले जनाएका छन् । मृतक बालिकाको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा परीक्षणपछि आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएका छन् ।
घरायसी विवादका कारण आवेशमा आएर बालिकाले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक छानविनबाट खुल्न आएपनि घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन् ।