२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ११, २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै चरणबद्ध संघर्ष गर्दै आएको नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।

सोमबार बैठक बसेर जबराविरुद्ध थप आन्दोलनका थप कार्यक्रम घोषणा गरिने उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न माग गर्दै बारले बिगत एक महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ।

जबरालाई पदमुक्त गर्न माग गर्दै बारले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई ज्ञापन पत्र बुझाइसकेको छ। बारका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरसमेत जबरालाई पदमुक्त गर्न माग गरेका छन्।

एमाले र कांग्रेसको महाधिवेशनमा धेरै कानुन व्यवसायी मतदान अधिकृतका रूपमा खटिएकाले अहिले बारको बैठक बस्न सकेको छैन। ‘सोमबार बारको बैठक बसेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा हुन्छन्,’ बस्यालले भनिन्।

९ कात्तिकमा विज्ञप्ति निकालेर जबराको राजीनामा मागेको बारले १२ कात्तिकदेखि कालोपट्टी बाँधेर धर्ना दिनेलगायत कार्यक्रम गर्दै आएको छ ।

सुरुमा सर्वोच्च केन्द्रित कार्यक्रमलाई जिल्लादेखि उच्च अदालतसम्म विस्तार गरेको बारले बिहीबार अन्य पेसागत संगठन तथा नागरिक समाजलाई समेत गोलबद्ध पारेर सर्वोच्चदेखि बालुवाटारसम्म ‘न्याय–मार्च’ समेत गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]