२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक २७, २०७८

सुर्खेत – कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ । क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि यसअघि निर्धारित मितिमा हुन नसकेको यी जिल्लाको अधिवेशन आज हुन लागेको हो ।

अधिवेशनबाट वडाको नेतृत्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । सुर्खेतका ९९ वडा र डोल्पाका ६५ वडामा बिहान ८ बजेदेखि अधिवेशन सुरु हुँदैछ ।

नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व र अधिवेशन प्रतिनिधि चयन गर्ने गरी सबै तयारी पूरा भएको जानकारी दिए । डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो । जसले गर्दा यसअघि निर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]