२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक १५, २०७८

सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा प्रहरीले उदयपुरबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय अरुण शाह र बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह छन् । सुन टल्काउने ‘पिताम्बर व्यापारी हौं’ भनेर ललाई–फकाई गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर सुन खियाएर उनीहरुले ठग्ने गरेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।आरोपीहरुले उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा बस्ने कमला राईलाई फकाएर सुनको सिक्री टल्काइदिने नाममा केमिकल प्रयोग गरेर सुन खियाएका थिए । केमिकल प्रयोग गरेर सफा गरेको सुन ‘तत्काल हेर्न हुँदैन, सुक्न दिनुपर्छ’ भनेको र पछि हेर्दा सुनको सिक्रिको तौल घटेपछि कमलाले प्रहरीलाई उजुर गरेकी थिइन् ।

प्रहरीले आरोपीहरुको साथबाट पिताम्बर, सुन सफा गर्ने सामग्रीहरु, एसिड, मट्टितेल र सुनका टुक्रा बरामद गरेको छ । उनीहरु केही दिनअघि मात्र नेपाल आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ठगी मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]