०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – काठमाडौंको तापक्रम शनिबार यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो ।

यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो ।

राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर राति बादल लागे बिहानको तापक्रम बढ्छ ।

‘राति बादल लाग्दा जमिन चिसिन पाउँदैन त्यही भएर बिहानको तापक्रम घट्दैन तर राति मौसम खुला भए जमिन पनि चिसिएर तापक्रम घट्छ’, उनले भने

केही दिन यता देशका पहाडी क्षेत्रको मौसम बदली गराएको प्रणाली हटेकाले अबको केही दिन देशभरी कै मौसम सफा रहने उनको भनाइ छ । मौसम सफा भएसँगै देशभरी नै अझै चिसो बढ्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]