
काठमाडौं – शृङ्खलाबद्ध चोरी घटनाका अभियुक्त पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा १४ वर्षीय बालकसहित रामेछाप घर भइ गोदावरी बस्दै आएका २४ वर्षीय विराट राई र गोदावरीकै २३ वर्षीय विशाल तामाङ छन्।
उनीहरुमाथि ललितपुर कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेसन कन्सल्टेन्सी, केकेएफसी रेस्टुरेण्ट, लाइट फोटो स्टुडियो लगायतमा चोरी गरेको आरोप छ।