
गौशाला – महोत्तरीमा बोक्सो आरोपमा एक पुरुषलाई कुटपिट गरेर मलमूत्र खुवाइएको छ ।
महोत्तरीको औरही नगरपालिका—९ अगलशेराका ५० वर्षीय पुरुषलाई बिहीबार साँझ बोक्सोको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो । घटनामा संलग्नमध्ये एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँकी स्थानीय रामशिला देवी मण्डल रहेको महोत्तरी प्रहरीले जनाएको छ ।बिजयादशमी अघि शिलादेबीका श्रीमान् ती पुरूष (पीडक)संगै बसेर मदिरा सेवन गरेको र सोही रात शिलादेबीको श्रीमानको मृत्यु भएको थियो । हिजो भएको मोटरसाईकल दुर्घटनामा शिलादेबीको छोरा रामउदेशको ज्यान गएपछी उसैले टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको प्रहरीले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसअघि दसैंमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या नै गरिएको थियो भने अर्कीलाई मलमूत्र खुवाइएको थियो ।