
काठमाडौं – पर्सामा प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै लत्ताकपडा बरामद गरेको छ । ४ लाख ५५ हजार ४६० रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा प्रहरीले बरामद गरेको हो ।
अवैध रूपमा भन्सार छली वीरगंज महानगरपालिकास्थित ईनर्वागाउँ, नगवा र लिंकरोडमा ल्याई ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारी प्रहरीले उक्त लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडाहरु आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।