२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ११, २०७८

काठमाडौंबाट चरेश र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर ३२ नरेफाँटबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। मकवानपुर कैलाश गाउँपालिका वडा १ घर भई हाल बालाजु बस्ने १९ वर्षीय युवराज स्याङ्बो, हेटौंडा घर भई महालक्ष्मीस्थान बस्ने २८ वर्षीय विवेक रूम्बा र जडिबुटीका ३४ वर्षीय अबिनाश राजभण्डारी पक्राउ परेका हुन्। त्यहाँ लागुऔषध बिक्री गर्न लागेको भन्ने सूचना पाएपछि कोटेश्वर प्रभागबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा टोली खटिएको थियो।टोलीले खोजी गर्दा तीन जनाबाट चरेश र गाँजा फेला पारेको हो।

प्रहरी उपरीक्षक बस्नेतका अनुसार उनीहरूबाट तीन किलो ४७० ग्राम चरेश र १८० ग्राम गाँजा बरामद गरेको छ। उनीहरूले प्रयोग गर्ने चार वटा फोन पनि प्रहरीले बरामद गरेको हो। प्रहरीले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]