२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १०, २०७८

धनगढी – कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला न्यायाधिश जयानन्द पनेरुको इजलासले मंगलबार उक्त मुुद्दाको अन्तिम फैसला गर्दै ९ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिएको जानकारी दिए । उनकाअनुसार मुुख्य योजनाकार धनगढी उपमहानगरपालिका-१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका-११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल रानालाई जन्मकैदको फैसला भएको छ । हत्या अभियोगमा पक्राउ परेका धनगढीका मटर व्यापारी राजिव गुप्ताले भने सफाइ पाएको कुन्जेडाले बताए ।

गत वर्षको कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला मटर तस्करको समूहले प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरेर शव नेपाल-भारत सीमा भएर बग्ने मोहना नदीमा फालेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]