२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, कार्तिक ०९, २०७८

काठमाण्डाै – इजलास नै बहिष्कार गरेर विरोधमा रहेका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।

हिजो प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले आज भेटेरै राजीनामाका लागि आग्रह गर्ने तयारी गरेका हुन् । न्यायाधीशहरुले बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरासँग भेट्ने तयारी छ ।

हिजो उनीहरुले न्याय क्षेत्रको हितका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नु पर्ने भन्दै इजलास बहिष्कार गरेका थिए । न्यायाधीशहरुले इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्र शम्शेर जबरामाथि थप दबाब परेको छ ।

हिजोका लागि १० वटा इजलास तोकिए पनि कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ हुन सकेन । राजनीतिक मुद्दामा सौदाबाजी गर्ने, जघन्य अपराधको अभियोगमा जेल बसिरहेकालाई तजबिजका आधारमा घर पठाइदिने, न्यायिक सुनुवाइ जानाजान ढिलाइ गरिदिने शैलीमा अभ्यस्त प्रधानन्यायाधीशले अब न्यायिक नेतृत्व गर्न नसक्ने निष्कर्षमा सर्वोच्च अदालतका न्यायाधीशहरु पुगेका छन् । यसैबीच, नेपाल बार एसोसिएशनको सल्लाहकार परिषद्को बैठक आज बस्दैछ ।

बैठकमार्फत नेपाल बारले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने तयारी गरेको छ । सर्वोच्च अदालत बार एसोसिएशनले भने हिजो नै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको थियो ।

प्रधानन्यायाधीश जबर न्यायपालिकाको नेतृत्व गर्न असफल रहेको भन्दै सर्वोच्च बारले मार्ग प्रशस्त गर्न आह्वान गरेको हो । त्यस्तै, न्यायपालिका शुद्धीकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।आजको उज्ज्यालो खबर बाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]