
सप्तरी – सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी चौकमा सोमबार जनमन पार्टीका अध्यक्ष डा. सिके राउतको पुतला दहन गरिएको छ । नेपाल कुशवाहा कल्याण समाज सप्तरीले डा. राउतको पुतला दहन गरेको हो ।
कुशवाहा समाज सप्तरीद्वारा आयोजित बृहत बिरोध कार्यक्रममा सयौंको संख्यामा उपस्थिति समाजका अगुवाहरूले डा. सिके राउत विरुद्ध चर्को नारा लगाउँदै पुतला दहन गरे । संघीय खानेपानी तथा ढल ब्यबस्थापन योजना जनकपुरका निमित्त प्रमुख ईन्जिनियर राजेश कुशवाहालाई जनमत पार्टीका नेताकार्यकर्ताले अमानवीय ब्यबहार गरेको विरुद्ध कुशवाहा समाजले बिरोध प्रदर्शन गरेको जनाएको छ ।
राउतको पुतला दहन गर्न खोज्दा रोक्न खोजेपछि समाजका पदाधिकारी र प्रहरी बीच घम्साघम्सी भएका थिए । पुतला दहनपछि सामाजले कोणसभाको आयोजना गरेका थिए । नेपाल कुशवाहा कल्याण समाज सप्तरीका अध्यक्ष हंसा नारायण मेहताको अध्यक्षतामा आयोजित कोणसभामा जिल्ला सह–सचिब चेत नारायण मेहता, सदस्य लाल बाबू मेहता, बुद्धिजिवी हरिनारायण मेहता, योगेन्द्र मेहताले मन्तव्य व्यक्त गर्दै दुव्र्यवहारमा संलग्न जनमत पार्टीका नेताकार्यकर्तालाई कडा कारबाहीको माग गरे । उनीहरुले घटनामा संमलग्न सिके राउतको कार्यकर्तामाथि कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रमको संचालन जिल्ला सल्लाहकार लक्ष्मण मेहताले गरेका थिए । गत बिहीबार निमित्त प्रमुख ईन्जिनियर कुशवाहालाई सिके राउतका कार्यकर्ताले अर्धनग्न पारी शरीरमा हिलो छ्यापेर, कुटपिट गर्दै जनकपुर बजार घुमाएका थिए ।