२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक ०८, २०७८

सप्तरी – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भ्रष्टाचार र बेतिथिविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरिएको डा. राउतका सचिवालयले जनाएको छ । कार्यक्रमानुसार कात्तिक ८ गते जिल्ला सदरमुकाममा सिटी जुलुस, ९ गते पालिकामा मोटरसाइकल र्याली, १० गते वडामा कोणसभा र मसाल जुलुस, ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसलगायत गरिने राउतको सामाजिक संजाल मार्फत जनाइएको छ । भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गएको बुधबार जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाको कर्मचारी राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । त्यसक्रममा पक्राउ परेका १७ कार्यकर्तालाई रिहा गर्नुपर्ने, आफ्ना नेता कार्यकर्तालाई पूर्ण सुरक्षा प्रदान गर्नुपर्नेलगायत माग राखेर पार्टीले आन्दोलनको घोषणा गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]