
कास्कीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३२ मजुवा नाकाबाट १ केजी ५०० ग्राम चरेससहित धादिङ गजुरी गाउँपालिका-३ वालसिंह बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले बा २६ प ४९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ती किशोरलाई उक्त परिमाणको चरेससहित फेला पारी पक्राउ गरेको हो । यसैगरी पोखरा महानगरपालिका-३० पावरहाउस स्थितबाट २ केजी गाँजासहित रूपा गाउँपालिका-१ थुम्की बस्ने २५ वर्षीय किसान श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग १ ख ७४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।