२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २७, २०७८

रौतहट – रौतहटमा मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजेको आरोपमा चारजनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने पुनम उपाध्याय, गुजरा नगरपालिका–३ बस्ने उमाशंकर तिवारी, पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरी टोल बस्ने सुनिता यादव र वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने नैना कुमारी मण्डल रहेकी छन् । पक्राउ परेका चारै जना मिलेर पूर्वयोजना अनुसार गुजरा नगरपालिका वडा नम्बर ३ सिमरा टोल बस्ने विजय शंकर तिवारी र वडा नम्बर १ भसेडवा बस्ने रामलाल महतो कुशवाहालाई फसाउनको लागि दुबै जना चढेर आएको मोटरसाइकलमा लागुऔषध राखेका थिए ।

उनीहरुले तिवारी र कुशवाहालाई खाना खान भनि कोठामा बोलाउँदा ना १९ प ६७३३ नम्बरको मोटरसाइकलमा पुगेका दुबैजनाको मोटरसाइकलमा पक्राउ परेका चारैजनाले लागुऔषध राखेर प्रहरीलाई खबर गरेको भनि अनुसन्धानको क्रममा खुलेको रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।पक्राउ परेका चारैजनाको साथबाट प्रहरीले लागुऔषध निट्राजेपाम ४ पता, निट्राभेट २ सय ९६ पिस, डाईजोपाम ७ वटा, ईन्जेक्सन १६ वटा बरामद भएको चिमरियाले बताए ।

पक्राउ परेका चारैजनालाई आपराधिक षडयन्त्र तथा लागुऔषध शीषर्कमा मुद्दा दर्ता कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । केही दिनअघि रौतहटका पत्रकारलाई समेत लागूऔषध राखेर फसाइएको थियोे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]