२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन २६, २०७८

सप्तरी – सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधिले एक दलित युवकलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । वडा नम्बर १ का वडाध्यक्ष पिताम्बर यादवले सोही वडाका २५ वर्षीय परुषोत्तम सदालाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन ।

रुपनी गाउपालिका वडा नम्बर १ मुसहरिमा टुहुरा नाबालक छोराछोरीलाई र भारतमा मजदुरी गर्ने श्रीमान लाई अलपत्र छोडि ३५ वर्षीय श्रीमती आफ्नै छिमेकि १८ वर्षिय केटा संग भागि बहु बिबाह गरेका हुन् । सोहि बिषय लाई लिएर इलाका प्रहरी कार्यालय रुपनीमा निबेदन परेको हुदा उक्त कुरा उप्पर छलफल गर्न बसेको पञ्चायतीमा भरभलादमि छलफल गरिरहेको बेला आरोपित रक्सि खाएर धुत रहेको र भरभलादमि लाई अश्लील गालि गरिरहेको हुदा समाजले रोक्ने क्रममा दुइ चार झापड लागेको वडा अध्यक्ष यादव ले के छ खबर लाई जानकारी गराए ।

स्थानीयका अनुसार युवक लाई सोमवार पञ्चायतीमा बोलाएका थिए । यता स्थानीय राजु जैसवालका अनुसार वडाध्यक्ष यादव सहित ५ जनाले युवकलाई ज्यान मार्ने गरि कुटपिट गरेका हुन् । ‘घटनास्थलसम्म हामी पुग्दा सबै भागेको थियो’ उनले भने–‘त्यसपछि मैले नै प्रहरीमा जानकारी गराए ।’

कुटपिटबाट घाइते भएका युवको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले कुटपिटबारे जानकारी आइसकेको बताए । पीडित पक्षबाट जाहेरी आएसँगै घटनामा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]