२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २४, २०७८

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतले राजनीति गर्न नहुने बताएका छन् । आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा नेता पोखरेलले सो कुरा बताएका हुन् । ‘सम्मानित सर्वोच्च अदालतले राजनीति गर्ने होइन्, कानुनको हेक्का राखेर चल्नुपर्छ, महासचिव पोखरेलले भने।

नेता पोखरेलले ओली सरकारले ताजा जनादेशमा जानुपर्छ भनेर संसद विघटन गरेको बताए। उनले भने, अहिले संसदमा तमासा देख्नु भएको छ रु संसदमा हुनेले संसदको भूमिका नै निर्वाह गर्न सकेका छैनन्। संसद्‍मा अवरोध कहिलेसम्म गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सभामुखले अमर्यादित काम गरेको र त्यो नसच्याएसम्म संसद अवरुद्ध गरिरहने बताए ।उनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको स्थिति कसरी सबल बनाउने भन्नेतिर अर्जुन दृष्टि रहेको बताए । आफ्नो सरकार सत्तामा रहँदा निर्वाचनका लागि गरिएको घोषणापत्रअनुसार नै काम गर्दै आएको उनको दावी छ।

निर्वाचनमा गरिएका प्रतिबद्धताअनुसार काम गरेका छौं, गरेका काम हेर्न सक्नुहुन्छ, उनले भने। नेतृत्व छनोटलाई व्यवस्थित बनाउन प्रथम विधान अधिवेशन गरेको जानकारी दिँदै उनले मंसीरमा हुन लागेको राष्ट्रिय महाअधिवेशनमा परिस्थिति र आवश्यकता अनुसारको पदमा उम्मेदवारी दिने भन्दै तत्काल यो वा त्यो पद भनेर घोषणा गर्न नचाहेको स्पष्ट पारे।केन्द्रीय राजनीति दुईवटा पोलमा चलेको उनको जिकिर छ। उनले भने, एउटा नेकपा एमाले गरेको लिड, अर्को गठबन्धनकारीहरुले गरेको लिड। एमालेले लिड गरेको पोलमा आर्थिक विकास र समृद्धिका कुरा, राष्ट्रिय स्वाभिमान र विकास निर्माणका सपनाका कुरा यो पोलको राजनीतिक छ,भने अर्को पोलमा गठबन्धनकारी शक्ति छन्।

ती सबैका कुरा संविधान र कानुनअनुरुप कति छन्, सत्ताका लागि कति छन्, मूल्यमान्यताका लागि कति छन्, यहाँहरुले देख्नु भाकै छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]