२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २०, २०७८

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज विश्वासको मत लिन लागेका छन् । प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको कारण उनले दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सत्तारुढ दल विभाजन भएको अथाव सरकार निर्माण भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सरकारकै सिफारिसमा झण्डै दुई महिना पश्चात आज बिहान ११ प्रदेशसभा बैठक आह्वान गरिएको छ । गएको भदौ ९ गते निर्वाचन आयोगमा जसपा विभाजन भएको थियो । यधपी सनाखतको समय भदौ २२ गतेसम्म निर्वाचन आयोगमा भएकाले सो अनुसार मुख्यमन्त्री राउतले एक महिना भित्र विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतलाई जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ । पाँचदलीय गठबन्धनक आधारमा यी दलहरुले विश्वासको मत दिने तयारी गरको हो । काँग्रेस र माओवादी सरकारमै छन् । एकीकृत समाजवादी पार्टीले गठबन्धनको हिँसाबले पछि सरकारमा सहभागि हुने गरि विश्वासको मत मुख्यमन्त्रीलाई दिने सो दलका संसदीय दलका नेता सत्रुधन महतोले बताए । हाल प्रदेशसभामा १०४ सांसद छन् । सत्तारुढ जसपाको ३८, सत्ता घटक काँग्रेसको १९ र नेकपा माओवादी केन्द्रको ८ प्रदेस सांसद छन् । सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको १३ सांसद छन् भने सरकारकै पक्षमा रहेको संघीय समाजवादी पार्टीका एक सांसद पनि सरकारकै पक्षमा छन् ।

यस हिँसाबले मुख्यमन्त्री राउत ७९ संसदको विश्वासको मत पाउने निश्चित देखिन्छ । योसंगै मुख्यमन्त्री राउतको सरकार दुई तिहाइको शक्तिशाली प्रदेश सरकार बन्ने पक्का जस्तै छ । जसपाबाट विभाजन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को १६ र नेकपा एमालेको ८ प्रदेश सांसदले भने सरकारको विपक्षमा मतदान गर्ने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]